समाचार

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधि सभामा सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्मा रहेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्वरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा...

सर्लाहीबाट गाँजासहित २ जना पक्राउ

सर्लाही । सर्लाहीमा अवैध गाँजासहित २ जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य एक जनालाई...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक हाल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ । यसअघि आईतबार शेयर बजार २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको थियो । यस्तै, आज...

रवि लामिछानेको साधारण सदस्यता खारेजको मागसहित आयोगमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ ले सोमबार आयोगमा निवेदन दर्ता गराएका हुन् । उनले उक्त निवेदन दर्ता गर्दै कुनै पनि व्यक्तिले राजनीतिक दल...

लागूऔषधसहित एक युवक पक्राउ

पाल्पा । पाल्पामा लागूऔषधसहित आईतबार एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३९ वर्षीय अनिल साइ रहेका छन् । उनलाई जिल्लाको बगनासकाली–३, पोखराथोक नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्वरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गको पोखराथोकमा चेकजाँच गर्ने...

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन बैशाखमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल बैैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार, सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ–आफ्नो जिल्ला, क्षेत्र,...

प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न, कांग्रेस पहिलो दल

काठमाडौं । मंसिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो । सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ ।...

निर्वाचनमा अन्तरघात भएको छैन : कांग्रेस मकवानपुर

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार भएको भन्दै आधारहीन कुरामा विश्वास नगर्न...