जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा सोमबार भएको बोलेरो जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेर दुर्घटना हुँदा एकै वडाका आठ जनासहित १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।
त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै, घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
