समाचार
हेटौंडा सिमेन्टको उत्पादन हुन अझै एक हप्ता लाग्ने
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि बन्द रहेको सिमेन्टको पुनः उत्पादन एक साताभित्र सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगको भण्डारणमा राखिएको...
समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो । दोलखा र बाजुराबाहेक प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर...
युक्रेनमा मिसाइल आक्रमणमा परेर कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमणमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि...
देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार विजयी (नामावलीसहित)
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ ५ जना र १२ जना प्रदेश सभातर्फ गरी १७ जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, मधेस प्रदेशमा ६ जना,...
बिहे भोज खाएका ३५ जना जन्ती बिरामी
प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल...
यस्तो रहेनछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ...
बालुवाटार बैठकको निर्णय : सत्ता गठबन्धनलाई निरन्तरता दिने
काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने...
हेटौंडामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार हेटौंडामा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा महासंघले हेटौंडा–४ स्थित फुटसल प्रतियोगिताको आयोजना गरेको हो । महिला संजाल र महिला संचारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । प्रतियोगितामा महिला संजालले महिला संचारकर्मीलाई २–१ को गोल...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८२५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८२५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८२५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा...
मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । आयोगले प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी...









