समाचार

हँसिया प्रहार गरेर एक जनाको हत्या

धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले दुई जनामाथि हँसिया प्रहार गरेका थिए । हँसिया...

दासढुंगा काण्डको छानविन संयोजक बनेका पूर्वन्यायाधीशको निधन

काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । ९२ वर्षीय उनको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । उनी मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए । जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ ।...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।

हेटौंडाका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ वर्षीय...

साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् । महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी...

सीके राउत र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

कैलाली । कैलालीबाट प्रहरीले सोमबार अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित चार जनालाई पक्राउ गरेको हो । सोमबार राति धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको...

भीमफेदीमा मंसिर २९ गतेबाट महोत्सव हुने

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिलो पटक भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको छ । ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी–१ को खोप्लाङमा महोत्सवको आयोजना हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिका अध्यक्ष अजित राईले हेटौंडा बजार क्षेत्रमा हुने...

यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको थियो । आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको...