दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १६:०५

काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका ५ जना बालिकालाई माइती नेपालले पढाउने भएको छ ।

१६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवम् प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको जनाइएको छ ।

सोमबार जाजरकोटको छेडागाड नगरपालिका–४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थिए ।