समाचार

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३२ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा...

तारा एयरको जहाजमा चरा ठोक्किँदा अगाडिको भागमा क्षति

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । बुधबार दिउँसो हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित...

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला प्रहरीको फन्दामा

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो । मंगलबार राति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ वीरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ...

सिंहदरबार भित्रका पुराना गाडी लिलामी गरिने

काठमाडौं । सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३ औं बैठकले सो निर्णय गरेको हो । सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय...

१६ अंकले घट्यो नेप्स परिसूचक

काठमाडौं । उतारचढावकाबीच बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच...

आजबाट बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्काशन खुल्ला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले जनाएको छ । बाँकी...

एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्दैछ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम...

विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई...

पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी, एक जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्य रहेका छन् । उनले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ...