माओवादीका सांसदहरुले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।
नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादीबाट ३२ जना सांसद पदमा निर्वाचित भएका छन् ।
