समाचार
दुर्घटनामा विदेशी नागरिकको मृत्यु
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा आज बिहान ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परेर जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु...
इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँको क्षति
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ । गएराति महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रूपैयाँ जरिवाना र ७ दिन...
मनहरीको पशुपति माविमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा बुधबार महिला तथा बालबालिकामाथि हुने सबै खालका हिंसाबारेमा जानकारी दिन एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्लान ईन्टरनेस्नल नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सीडीओ) नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजनाको...
हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा बागमती प्रदेश सरकारको सहयोगमा अब मृगौला प्रत्यारोपण हुने भएको छ । अस्पतालमा मृगौला प्रत्यारोपणको केन्द्र स्थापना गर्ने गरी हेटौंडा अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच मंगलबार त्रिपक्षिय सम्झौता भएको छ । बागमती प्रदेश सरकारका...
आज हेटौंडामा नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट हुँदै
मकवानपुर । नेपालको चर्चित नेपथ्य ब्याण्डले बागमती प्रदेशको राजधानी हेटौंडामा आज लाइभ कन्सर्ट गर्ने भएको छ । मानवसेवा आश्रमको आयोजनामा आज हेटौंडा– ४ भुटनदेवी स्कुत चौरमा दिउँसो ४ बजेदेखि ‘नेपथ्य लाइभ कन्सर्ट’ को लाइभ कन्सर्ट हुने भएको हो । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौंडामा अझै भव्य कार्यक्रम बनाउने...
प्रदूषण जाँच पास नभएका सवारीसाधनलाई १ लाख जरिवाना
काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आज सूचना जारी आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनसाधनलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।...
जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना प्रहरीको नियन्त्रणमा
जर्मनी । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जनालाई नियन्त्रणमा लिएको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ७१ वर्षीय प्रिन्स हेनरिकको रूपमा...
नवलपरासीमा सवारी दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान बागलुङबाट भैरहवाका लागि...
१० हजारभन्दा बढी विद्यार्थी भोलि दिक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । दीक्षान्त मूल समारोह समितिका सदस्य...










