समाचार
बीमा प्राधिकरणद्वारा कर्मचारी माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक...
मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ बाट ३८ किलो लागूऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनहरी–७ बस्ने ३५ वर्षीय हरि कृष्ण अधिकारी र ३५ वर्षीय कृष्ण राई रहेको जिल्ला प्रहरी कार्यालय...
आजको मौसम : तराईमा हुस्सु र पहाडमा चिसो बढ्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने राती प्रदेश नं...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । को ३७ प ३२ ०९ नम्वरको मोटरसाइकलले बाटो...
किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
सुनसरी । १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ । उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी...
समानुपातिक सूची पठाउन राजनीतिक दलहरुलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर २४ गतेभित्र समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली पठाउन राजनीतिक दलहरुलाई समय सीमा तोकेका छन् । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको...
९ जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले गएराति ९ जनालाई पक्राउ गरेको छ । काभ्रे पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी...
दुर्घटनाबाट देशभरका २८८३ जनाको ज्यान गयो
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको ज्यान गएको छ । गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगका अनुसार, उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका छन् । दुर्घटनाको...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने भएको हो । बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित...









