लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणमा जोड

तु खबर संवाददाता
२०७९ पुष १, शुक्रबार १७:२४

काठमाडौं । राष्ट्रिय युवा परिषद्, ओक्स्फम नेपाल, हेल्वेतास नेपाल तथा युवालयले लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरणको विषयमा युवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

२ दिनको अन्तरक्रियापश्चात युवाहरुले लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरणको उपाय निकाली सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा हिंसा न्यूनिकरणका लागि सरकारले गरिरहेको प्रयास, हिंसा न्यूनिकरणका लागि पुरुषको भूमिका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले भोगिरहेको हिंसाबारे छलफल गरिएको थियो ।

छलफलपश्चात युवाहरुको निश्कर्ष तथा १२ बुँदे सुझावसहितको घोषणापत्र तयार गरी समापन समारोहमा सरोकारवाला तथा अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो ।

अन्तरक्रियामा महिला आयोगकी अध्यक्ष कमला पराजुली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरु तथा युवालयका सन्तोष महर्जनलगायत सहभागिता थियो ।