जसपाले राजनीतिक समितिको बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक आगामी पुस १८ र १९ गते बस्ने गरी बोलाइएको जनाइएको छ ।
बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ ।
