वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १, शुक्रबार १६:१०

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रहरीले तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् । उनी तारकेश्वर–३ स्थित पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी हुन् ।

पुतुवारको हत्या भएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।