बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष १, शुक्रबार १५:५३
File Photo

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट आज बिहान पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नम्वरको बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।