समाचार

लागूऔषध गाँजासहित तीन जना पक्राउ

सर्लाही । सर्लाहीबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३०० लागूऔषध गाँजासहित तीन जनालाई तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसहित तीन जना रहेका छन् । अन्य दुई जनाको भने हाल नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...

जसपाले शनिबारको लागि बैठक बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसद छान्न पदाधिकारी बैठक बोलाएको छ । बैठक मंसिर २४ गते शनिबार बिहान बस्ने गरी बोलाइएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, बैठक भोलि बिहान ८ बजे बस्ने गरी बोलाइएको हो । निर्वाचन आयोगले समानुपातिकतर्फ...

दुर्घटनामा परेर खनालको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार बस्ने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि शनिबार बस्ने भएको छ । बैकठ बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो । उक्त बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ । पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले...

जबराविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ हुने भएको हो ।...

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकले निर्वाचनको समीक्षा एवम् प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो ​ लगाउने पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन...

मुक्तक मञ्च मकवानपुरले विभिन्न विधामा ३ जनालाई पुरस्कृत गर्ने

मकवाानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार बसेको मुक्तक मञ्च मकवानपुरको सल्लाहकारसहितको कार्यसमितिको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वार्षिक साधारण सभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको मञ्चका...

दुर्घटनामा परेर जिप चालकको मृत्यु

धनगढी । बैतडीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पाटन नगरपालिका–१० डंसेलीमा से १ ज ८१६ नम्वरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय जबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय...

लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया

मकवानपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहीबार हेटौंडामा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फ्री मिडिया नेटवर्कको संयुक्त आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता एवम् नेपाल...

देउवाले दिए मतदातालाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएको भन्दै मतदाताहरुलाई धन्यवाद दिएका हुन् । ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,’...