नक्कली नोटसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार १५:२६
सांकेतिक तस्बिर

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई पक्राउ गरेको जनाएको छ ।

प्ररहीका अनुसार, जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका थिए ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जनाइएको छ ।