अवैध लागूऔषधसहित पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार १०:२२
सांकेतिक तस्बिर

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–७ नौबिसे बजारबाट अवैध लागूऔषध गाँजा ६ केजी ५ ग्रामसहित प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरुपालिका–१५ स्वयम्भु बस्ने २१ वर्षीय सर्जन देउला र २६ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पालुङबाट नौबिसेतर्फ आउँदै गरेको प्र.३–०३–०३ प ११८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।