देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १४ जना मात्र बाँकी
काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यही अवधिमा थप २ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
