समाचार

माओवादीको पदाधिकारी बैठक सकियो, भोलि फेरी बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा छलफल गर्न भोलि फेरी बस्ने गरी आजको बैठक सकिएको हो । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए...

त्रिविबाट १०३९२ जना विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाका अनुसार, दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएका हुन् । २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका...

बागमती प्रदेश सभामा सात राजनीतिक दलले प्रतिनिधित्व जनाउने

मकवानपुर । बागमती प्रदेश सभामा सात वटा राजनीति दलका सांसदहरुले प्रतिनिधित्व जनाउने भएका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माआवोवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदले प्रतिनिधित्व जनाउने भएका हुन् । २०७४ सालको निर्वाचनमा तेस्रो दलको रुपमा...

एमाले सचिवालय बैठक शनिबार ११ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसदको नाम टुंगो लगाउनेछ । साथै बैठकमा निर्वाचनको...

सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्ने भएको छ । बैंकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखाको स्थापना गर्ने भएको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण...

चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार जबरालाई पत्र दिएका थिए । तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,...

मृत अवस्थामा भेटिइन् युवती

धनगढी । धनगढीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन् । भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएकी हुन्...

फिल्म हलमा विश्वकप देखाए कारबाही गरिने

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा सचेत गराएको छन् । बोर्ड अध्यक्ष केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका...

मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

कास्की । पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, मुटुसम्बन्धी बिरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी उनी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् । उनको...

समानुपातिक सांसद छान्न माओवादीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउनको लागि पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको...