मकवानपुरका दुई महिला पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार ०८:३९

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शनिबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट ८ किलो लागूऔषध गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ६ बस्ने ३२ वर्षीया फुलमाँया घलान र सोही ठाउँ बस्ने ३४ वर्षीया मनमाँया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार साँझ साढे ८ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।