सभापति देउवाले नवनिर्वाचित सांसदको भेला बोलाए

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार १५:३१
file-photo

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुलाई भेलामा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदह्रलाई भेलामा बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाले आज अपराह्न पार्टीका सबै सांसदलाई बोलाएको हो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।