समाचार
प्रहरी भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा प्रहरी भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले...
माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौं । समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि शुक्रबार बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी गराए । उनका अनुसार, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली...
समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा...
समानुपातिक सांसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदै
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदैछ । आयोगले आज दिउँसो ४ बजेसम्म सबै राजनीतिक दलहरुलाई आ–आफ्नो सांसदको नाम टुंगो लगाउन समयसीमा तोकिएको हो । नेपाली कांग्रेस, एकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पार्टीको बैठक बोलाएर अन्तिम...
खोलामा डुबेर मकवानपुरका मोक्तानको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ चुर्लिङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ २ थुम्की बस्ने अन्दाजी ७८ वर्षीय म्याक्सो मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मोक्तानको तर्ने क्रममा डुबेर मृत्यु भएको...
मकवानपुरको भीमफेदीमा भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ च्यानडाँडास्थित भिरबाट लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ घर भएका ६७ वर्षीय ईन्द्रबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मृतक रुम्बा...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । मंसिर ४ को निर्वाचन सम्पन्न भएपछि...










