अध्यादेश पास गरी तीन बुँदे सहमती कार्यन्वयन गर्न नेकपा मकवानपुरको आग्रह
मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले तीन बुँदे सहमती कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा कार्यक्रम गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले शनिबार हेटौंडाको बुद्धचोकमा तीन बुँदे सहमती कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सम्बोधन गर्दै नेकपाका वैकल्पिक केन्द्रिय सदस्य आरोह सीले राष्ट्रपती समक्ष पेस गरिएको अध्यादेश पास गरि नेकपासँग गरिएको तीन बुँदे सहमती अक्षरशः कार्यन्वयन गर्न आग्रह गरेका छन् ।
विप्लव मकवानपुर जिल्ला सेक्रेटरी सुर्य अर्यालको नेतृत्वमा ३०/३५ जनाको सहभागितामा विरोध कार्यक्रम भएको हो । सो क्रममा उनीहरुले वि.सं. २०७७ फागुन २१ गते नेकपा र तत्कालिन केपी वली नेतृत्वको सरकारबीच तीन बुँदे सहमतिमा हस्ताक्षर हुँदै गर्दा चुपचाप बस्ने केही साम्राज्यवादी तत्वहरुले अध्यादेश रोक्न षड्यन्त्र रचिरहेको आरोप लगाए ।
साथै उनीहरुले उक्त षड्यन्त्र रोकी सहमती कार्यन्वयन नगरे नेकपा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनीसमेत दिएको छ ।
