आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए ।
बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव पौडेलले बताए ।
उनका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।
