जङ्गली हात्तीले लियो सुवेदीको ज्यान

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार ०९:२७

चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएकोमा मृत्यु भएको हो ।