समाचार

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा गाडिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । उक्त शव स्थानीय ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाईबाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीले तु खबरलाई जानकारी दिइन् । उनका अनुसार, मृतक वाईबाको शव...

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

जनकपुरधाम । महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स १ च १५४५ नम्वरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार,...

बागमती प्रदेशबाट समानुपातिकतर्फ २९ जना सांसद चयन (सूचीसहित)

मकवानपुर । प्रतिनिधि सभाको आगामी कार्यकालका लागि बागमती प्रदेशबाट समानुपातिकतर्फ २९ जना सांसद चयन भएका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फ २९ जना सांसद चयन भएका हुन् । बागमती प्रदेशबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको...

डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

कालिकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकामा उनीहरुको...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हनुेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।...

निःशुल्क मोबाइल र सिमको दुरुपयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ । दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा व्यक्तिलाई यस्तो सुविधा नदिने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले २०७३ फागुन ११ गते विश्वविद्यालयमा नियुक्त बहालवाला पदाधिकारी, निकाय...

एसियन च्याम्पियनसिपका लागि नेपालका ६ खेलाडी छनोट

काठमाडौं । एसियन टेबलटेनिस च्याम्पियनसिपको लागि ६ जना नेपाली खेलाडी छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । छनोट हुनेमा पाँच जना पुरुष र...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार, आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ भने राती लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ...

निर्वाचन आयोग : मंसिर २६ गते समानुपातिकका सांसद घोषणा गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा...

एमालेद्वारा घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई कारबाही

काठमाडौं । नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलेजानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री...