समाचार
आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
बुटवल । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा–१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विक रहेको जिल्ला प्रहरी कार्षलय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार साँझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर...
कक्षा ११ को रजिष्ट्रेसन आवेदन फारम खुल्ला
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुल्ला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ । पुष १५ भित्र आवेदन बुझाउँदा ४००...
आज बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा २० गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले पहिलो चरणमा मंसिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर...
सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने रवि लामिछानेको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश तत्काल पिलर्ता गर्नुपर्ने माग गरेका छन् । उनले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको...
दुर्घटनामा परेर सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आइतबार बिहान स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परेर एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो । मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई चोभार गेटनजिकै ठक्कर...
धारिलो हतियार प्रहारबाट महिलाको हत्या
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनका श्रीमान वीरेन्द्र यादवले आज...
आजबाट निर्वाचन आचारसंहिता हट्यो
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता आजबाट हटाएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता...
देशरभर चिसो बढ्दै, सबैभन्दा बढी जुम्ला र मुस्ताङमा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको जनाएको छ । महाशाखाका अनुसार, सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । यस्तै, काठमाडौंकै न्यूनतम...
समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । उनले...
लागूऔषधसहित दुई भारतीय नागरिक प्रहरीको फन्दामा
कैलाली । कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंह रहेका छन् । उनीहरुलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...









