उच्च बन्दै वायु प्रदूषण

पत्रपत्रिका
२०७९ पुष ५, मंगलवार ०७:५८
file-photo

काठमाडौं । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ । मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताए ।

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो । लामिछानेले भने, “पाकिस्तानदेखि बङ्गलादेशको ढाकासम्म फैलिएको गङ्गातटीय क्षेत्रमा वायु प्रदूषण उच्च छ, त्यसको असर नेपालको तराई भेगमा बढी छ भने काठमाडौँसम्म पनि प्रदूषित वायु आइपुगेको छ ।”

भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।