९ जना डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी दान बहादुर थापालाई सरुवा भएका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापमा होम बहादुर पराजुली गएका छन् । रामेछापका राजकुमार थिङ प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा पुगेका छन् । थिङ युएन शान्ति मिसनमा छनोट भएकाले उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकज ना अधिकृतले बताए ।

