समाचार
मानव अधिकार आयोगद्वारा अध्यादेशबारे जवाफ माग गर्दै पत्राचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी कार्यविधि संहितामा संशोधन गर्न लागिएको विषयमा सरकारसँग जवाफ माग गर्दै पत्राचार गरेको छ । मन्त्रिपरिषद्को आईतबार बसेको भनिएको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सन्दर्भमा आयोगले सरकारको जवाफ माग गर्दै...
२८ लाख घूससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दर्ता
काठमाडौं । २८ लाख रुपैयाँ घूससहित पक्राउ परेका रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध मुद्धा दर्ता भएको छ । सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...
देशभर सक्रिय कोरोना सङ्क्रमित संख्या २५ जना
काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज साताको दोस्रो दिन शेय रबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको...
मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने
काठमाडौं । मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न उडान थप्ने भएको हो । मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एक मात्र अपराजित टिम मोरक्कोले...
सोमबार १६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयर बजारमा हरियाली छाएको छ । आईतबार उच्च अंकले गिरावट आएको शेयरबजार आज १६.९७ अंकले बढेको छ । नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । आईतबार नेप्से ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको...
धादिङको मूलपानीमा वृद्ध दम्पती मृत अवस्थामा फेला
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आले मगर र निरमाया आले मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान...
राप्रपा नेपालद्वारा सरकारले ल्याएको अध्यादेशको विरोध
काठमाडौं । राप्रपा नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध जनाएको हो । पार्टीका प्रवक्ता वसन्तमान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई...
विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन नेविसंघको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८ औं दीक्षान्त समारोहमा वितरण गरेको सेमेष्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघले सच्याउन माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेष्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ...
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित पुर्व–पश्चिम सडकखण्डमा बिहान साढे ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...










