यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सर्वाधिक नेपाल टेलिकमको ६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सिभिल बैंकको ४ करोड ३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८२ लाख, नबिल बैंकको ३ करोड ३६ लाख र फरवार्ड माइक्रोफाइनान्सको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

