उतारचढावकाबीच १४ अंकले बढ्यो शेयरबजार

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १६:००

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ । यसअघि नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको थियो ।

नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यसअघि सोमबार नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।