समाचार
दुर्घटनामा परेर बेपत्ता भएका दुई जनाको शव फेला
कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटनामा परेर बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेका छन् । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल...
निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने
काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आयोगले बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो...
सामान्य विवादकै कारण महिलाको हत्या, मकवानपुरका रोज वाईबा पक्राउ
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीस्थित ज्यामिरेमा गत मंसिर २४ गते एक जना महिलाको शव फेला पर्यो । उक्त शव स्थानीय अन्दाजी ३३ वर्षीया सरस्वती वाईबाको थियो । सरस्वती गत मंसिर १३ गतेदेखि बेपत्ता भएकी थिइन् । पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर २३ गते...
विप्लवद्वारा सरकारले ल्याएको अध्यादेशको स्वागत
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले हाम्रो...
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक सुधार देखिएको शेयरबजारमा आज २.२५ अंकको गिरावट आएको हो । नेप्से इन्डेक्स आज १८९९ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७...
यी हुन् जसपाका प्रतिनिधि र प्रदेश सभाको ३२ सांसद (सूचीसहित)
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै, प्रदेश १ बाट समनुपातिकतर्फ १...
दुर्घटनामा परेर लामाको ज्यान गयो
काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते...
जग्गाको विषयमा कुटपिट गरी वृद्धाको हत्या, एक जना पक्राउ
सर्लाही । सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी एक वृद्धाको हत्या गरिएको छ । चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले सागरको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो पक्राउ गरेको छ...
युरियाको कालोबजारी गरेको आरोपमा युवक पक्राउ
सप्तरी । सप्तरी प्रहरीले मल खाद युरियाको कालोबजारी गरेको आरोपमा एक युवकलाई आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दास रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको...
रोटरी क्लबद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले सोमबार एक कार्यक्रमबीच अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरेकी...









