यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार १०:०५
file-photo

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल जम्मू काश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईमा हुस्सु लागिरहेको छ ।

यस्तै, आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहनेछ भने राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।