जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार ०८:२८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभातर्फका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन् ।

जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरी, रञ्जु ठाकुरले मैथीली भाषामा शपथ लिने भएका हुन् ।

यस्तै, राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा शपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।