समाचार
लागूऔषधसहित तामाङ पक्राउ
झापा । झापाको दमक नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४५ वर्षीय तुलमाया तामाङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको पक्राउ गरेको हो । प्रहरीले जाँच गर्ने क्रममा...
लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा हुँदै
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा हुँदैछ । प्रदेशको राजधानी दाङको देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको हो । आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम रहेको छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा...
काभ्रे दुर्घटनामा मृत्यु भएकाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परेर मृत्यु भएका १८ जनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । उक्त दुर्घटनामा परी मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै उनले दुर्घटनाका...
आज देशका अधिकांश भू–भागमा तापक्रम घट्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने राती...
ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ । करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो...
अध्यादेशका कारण घेराबन्दीमा देउवा
काठमाडौं । नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचनलगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस भइसकेको...
काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका–५ च्याल्टीस्थित ब्रतबन्धमा पुगेर फर्किंदै गरेको बा ३ ख ४३८५ नम्वरको रिजर्भ बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेहरुमा क्रमशः बनेपा नगरपालिका–११ की...
निर्वाचनको अन्तिम नतिजा आज घोषणा हुँदै
काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्ने भएको छ । आयोगले आज दिउसो साढे १ बजे पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न...
बागमती प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमबीच प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका (ह्विलचियर प्रयोगकर्ता)...
शुभम पावरले पुस ६ देखि आइपीओ निष्कासन गर्ने
काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन...










