कांग्रेस संसदीय दलमा देउवा भारी मतले विजयी

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार १६:२१
file-photo

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफ्नो प्रतिस्पर्धी गगन थापालाई भारी पछि पार्दै विजयी हाँसिल गरेका हुन् ।

संसदीय दलको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी महामन्त्री थापाले २८.०८ प्रतिशत मत पाउँदा देउवाले ७१.९१ प्रतिशत मत प्राप्त गरेका हुन् ।
प्राप्त मतपरिणामले देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको छ । पार्टीको १४ औं महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी भएका थिए ।

निर्वाचनमा कुल ८९ मत खसेको थियो । तीमध्ये देउवाले ६४ तथा थापाले २५ मत प्राप्त गरे ।