नेप्सेमा थप ३७ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
