समाचार
माओवादीका सांसदहरुले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प...
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित (सूचीसहित)
काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार, दलित समुदायबाट २८ जना निर्वाचित भएका हुन् । जसअनुसार, प्रदेश नं १ मा नेकपा एमाले बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी...
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको जानकारी दिए । नयाँ...
मापसे गरी कुटपिट गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार साँझ श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका...
सशस्त्रमा एकैपटक ८ हजार जवानको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ । जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ । सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ...
आज निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाइँदै
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उृनका अनुसार, निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र...
गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा कैलाशका अध्यक्ष मुक्तान निर्वाचित
हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट ३६ जना निर्विरोध निर्वाचित भएकोमध्येमा मकवानपुरका मुक्तान पनि निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिंदै मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न...
मध्यवर्ति क्षेत्रका जनताद्वारा खाद्य अधिकारसम्बन्धी विभिन्न माग
मकवानपुर । मनहरी गाउँपालिकाको वडा नं. ६ र ७ को चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने निकुञ्ज प्रभावित आदिवासी जनजातीहरुले खाद्य अधिकारसम्बन्धी विभिन्न माग राखेका छन् । निकुञ्ज प्रभावित आदिवासी जनजाती समुदायको प्रतिनिधिहरुले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अशोक कुमार राम र सह–संरक्षण सुर्य खड्कालाई भेटेर...
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको भइरहेको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...
भु–स्वामित्व खोज्दै घट्टेखोलाका चेपाङ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ घट्टेखोलाका चेपाङहरुले आफुहरुले भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाउँ भन्दै मंगलबार जिल्ला समन्वय समिति मकवानपुरसमक्ष आग्रह गरेका छन् । घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुलाई तत्कालिन नेपाल सरकारले दिएको र उनीहरुले विगत ३१ वर्षदेखि भोगचलन गर्दै आएको जमिन माथी स्वामित्व...









