समाचार
विप्लव नेतृत्वको नेकपाद्वारा चरणबद्ध आन्दोलन घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न विप्लव नेकपाले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । विप्लवले...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८४५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८४५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा ३ हजार १९९ जना पुरुष र २ हजार ६४६ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...
चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन, भदौ, आसोज र कात्तिकमा उक्त रकमको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार, आप्रवाह २०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.०...
पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गर्ने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले सातै प्रदेश सभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभाको निर्वाचन परिणाम प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्न लागिको हो । आयोगले परिणामसहितको...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएका अन्दाजी २२ वर्षीय निर्मल लामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२–०१८ प...
क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार, भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा...
हेटौंडाको सपना निर्माण सेवासहित १३ कम्पनी कालोसूचीमा
काठमाडौं । सपना निर्माण सेवा प्रा.लि हेटौंडा, मकवानपुर सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचनामा परेको छ । कार्यालयले उक्त निर्माण सेवासहित १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको आज जानकारी गराएको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको...
बिहीबार शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । यसअघि बुधबार २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा...
माओवादीका सांसदहरुले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प...
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित (सूचीसहित)
काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार, दलित समुदायबाट २८ जना निर्वाचित भएका हुन् । जसअनुसार, प्रदेश नं १ मा नेकपा एमाले बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी...









