समाचार

नेपाल बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीको वित्तीय विवरणअनुसार चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रूपैयाँको २ प्रतिशतले हुन आउँने बोनस...

हेटौंडामा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम

मकवानपुर । अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम आजदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र इन्सेक मकवानपुर हेटौंडाको सहकार्यमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रममा...

वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रहरीले तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् ।...

लगातार दोस्रो दिन घट्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज लगातार दोस्रो दिन सुनको भाउ घटेको छ । महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जनाइएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार...

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी...

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट आज बिहान पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नम्वरको बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका...

विष सेवनबाट मकवानपुरका बलामीको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ खड्पु नेवार गाउँ बस्ने बुद्धिराम बलामीको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय बलामीको सेलफस नामक विष सेवनबाट बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बलामीले...

भूमिहिन चेपाङ बस्ती अवलोकन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ घट्टेखोलामा तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा वि.सं २०४७ सालमा स्थान्तरण गरिँदै आएको २९ घरधुरी प्रजा बस्तीमा जिल्लाका विशिष्ट पदाधिकारीहरुले अवलोकन गरेका छन् । घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा आफूले...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बेदकोट । कञ्चनपुरमा आज बिहान बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्वरको बसले ठक्कर दिँदा साइकलयात्री विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

सर्वोच्चद्वारा अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन...