बैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि पुनः एकीकरण कार्यक्रम
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन परियोजना (सामी) को संयोजनमा शुक्रबार हेटौंडामा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रमको लागि सरोेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सामी कार्यक्रमकी संयोजक अंजिता थापा मगरले जानकारी दिइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटै वडाका विभिन्न ३ वटा सञ्जालमा आवद्ध रहेका बैदेशिक रोजगारबाट फर्किका ३५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुल कार्यक्रममा सहभागीहरुले कृषी, पशुपालन, अटोमेकानिकल जस्ता विषयमा क्षमता अभिबृद्धि गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा ऋण पाउने व्यवस्था गर्नुपर्ने, उत्पादित वस्तुहरुको बजारिकरणको व्यस्था हुनुपर्ने, व्यवसाय संचालनको लागि सहज वातावरण र सीपका कार्यक्र सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा आर्थिक विकास महाशाखा गंगा चौलागाई प्रधानमन्त्री रोजगार कार्यक्रमका मकवानपुर संयाजक लगायतको उपस्थिति रहेको थियो ।
