समाचार
तीन महिनादेखि ल्याइएन कोरोनाविरुद्धको खोप
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति...
सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा दायर
काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् । संविधानसभा अध्यक्ष...
सर्लाहीमा गोली लागेर सशस्त्रका जवान घाइते
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली लागेर एक जना घाइते भएका छन् र गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएको प्रहरीले जनाएको छ । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ...
नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने,...
सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र
काठमाडौं । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते)...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै, एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमका अनुसार अब प्रतिलिटर...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का...
लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणमा जोड
काठमाडौं । राष्ट्रिय युवा परिषद्, ओक्स्फम नेपाल, हेल्वेतास नेपाल तथा युवालयले लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरणको विषयमा युवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । २ दिनको अन्तरक्रियापश्चात युवाहरुले लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरणको उपाय निकाली सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा हिंसा न्यूनिकरणका लागि सरकारले गरिरहेको प्रयास, हिंसा न्यूनिकरणका लागि पुरुषको...
जसपाले राजनीतिक समितिको बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक आगामी पुस १८ र १९ गते बस्ने गरी बोलाइएको जनाइएको छ । बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा...










