समाचार
माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी महासचिव देव गुरुङले जानकारी दिए । बैठकमा सरकार गठन र संसदीय दलका नेता...
जेसीआई हेटौंडाको अध्यक्षमा श्रवण कुमार बर्तौला
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२३ का लागि अध्यक्षमा श्रवण कुमार बर्तौला निर्वाचित भएका छन् । अध्यक्षका अर्का आकांक्षी पंकज कुमार बनियाँले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएसँगै बर्तौला जेसीआई हेटौंडाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यसअघि शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ पनि ४ जना सर्वसम्मत निर्वाचित भएका...
हेटौंडामा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोधहरु पहिचानसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना एवम् राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश र इन्सेक बाममती प्रदेश हेटौंडाको सहकार्यमा सम्पन्न भएको हो ।...
बागमती गोल्डकप पुस २२ गतेदेखि सुरु हुने
मकवानपुर । मकवानपुरको प्रतियोगितामा गाउँपालिकाको आयोजनामा यही पुस २२ गतेदेखि पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । उक्त प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताको बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको...
मकवानपुर प्रहरीद्वारा अवैध गाँजा र अफिम खेती नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरेको छ । प्रहरीले दुबै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट थरेको जनाएको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागूऔषध खेती नष्ट गर्ने...
बागमती प्रदेश प्रमुख समक्ष नवनिर्वाचित सदस्यहरूको विवरण प्रतिवेदन पेश
मकवानपुर । निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भएका बागमती प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुको विवरण शनिबार प्रदेश प्रमुख समक्ष पेश गरेको छ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका सचिव गोकर्णमणि दवाडीले एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नवनिर्वाचित सदस्यहरुको विवरण पेश...
सभापति देउवाले नवनिर्वाचित सांसदको भेला बोलाए
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुलाई भेलामा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदह्रलाई भेलामा बोलाएका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाले आज अपराह्न पार्टीका सबै सांसदलाई बोलाएको हो । गत मंसिर...
नक्कली नोटसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई पक्राउ गरेको जनाएको छ । प्ररहीका अनुसार, जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको...
देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १४ जना मात्र बाँकी
काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यही अवधिमा थप २ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६...
अवैध लागूऔषधसहित पक्राउ
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–७ नौबिसे बजारबाट अवैध लागूऔषध गाँजा ६ केजी ५ ग्रामसहित प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरुपालिका–१५ स्वयम्भु बस्ने २१ वर्षीय सर्जन देउला र २६ वर्षीय सन्तोष महर्जन रहेका छन् । ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पालुङबाट नौबिसेतर्फ आउँदै...









