समाचार
सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रियामा जाने निर्णय गरेको छ । पार्टीको आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीले उक्त निर्णय लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार, बैठकमा संसद्को जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै दलको नेता...
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर आईतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी राष्ट्रिपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको...
भ्यानले ठक्कर दिंदा महिलाको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले...
हेटौंडामा कृषिको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आर्थिक २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरिएको छ । उक्त गोष्ठी बागमती प्रदेश कृषि विकास निर्देशनालयले आयोजना गरेको हो । गोष्ठी बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता एवम् कृषि विकास निर्देशनालयका प्रमुख भरतप्रसाद भण्डारीको सभाध्यक्षतामा...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८४७ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८४७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईतबारसम्मको हो । जसमा ३ हजार २०० जना पुरुष र २ हजार ६४७ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...
बैदेशीक रोजगारमा पीडित बनेका परिवारलाई शैक्षिक सामग्री
मकवानपुर । दिगो आर्थिक श्रोतको जोहोका लागि बैदेशीक रोजगारीमा पुगेर बेपत्ता भएका, ज्यान गुमाएका र शारिरीक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगे पनि कामको शिलशिलामा बिदेशमा बेपत्ता भएका र अशक्त भएकाहरुको परिवारलाई सरकारको मातहत रहेको बैदेशीक रोजगार बिभाग र बोर्डबाट आर्थिक...
आईतबार शेयरबजारमा २७ अंकको गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । गत साता १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको नेप्से परिसूचक आज भारी अंकले गिरावट आएको हो । पुष महिनाको पहिलो कारोबार दिन आज शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान...
बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत
मकवानपुर । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए...
हेटौंडामा गाडीको ठक्करबाट एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पिपलबोटस्थित आज बिहान गाडीले ठक्कर दिँदा एक जना घाइते भएका छन् । आज बिहान सवा ५ बजेको सयमा नगरपालिका रोडबाट बसपार्कतर्फ जाँदै जाँदै गरेको ना १ ज ८३३७ नम्वरको फोर्स गाडीले ठक्कर दिँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...










