राष्ट्रपतिले दिएको समयसीमा सकियो

काठमाडौं । नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ ५ बजेसम्मको समय सीमा सकिएको हो ।
निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् ।
नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । प्रचण्ड नेतृत्वको सरकार बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ ।