समाचार
एमालद्वारा नवनिर्वाचित सांसद र उम्मेदवारको भेला आह्वान
काठमाडौं । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आह्वान गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीले संघीय...
एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए । आईतबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको...
यो वर्ष धान उत्पादन बढ्ने
काठमाडौं । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ । यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति...
विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई
काठमाडौं । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारेको हो । यससँगै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । अर्जेन्टिनाले यसअघि सन् १९७८...
धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प धक्का महसुस
काठमाडौं । धादिङ केन्द्रबिन्दुर भएर आईतबार राति भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा पनि महसुस भएको...
मल चाहिन्छ ७ लाख टन, आउँछ ४ लाख टनभन्दा कम
काठमाडौं । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन ।...
पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई कार्यालय समयमा कार्यालयमा भेट्न सकिँदैन । मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले...
कोरोना संक्रमण दर शून्यमा झर्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, आज सार्वजनिक गरेको तथ्यांकअनुसार ११९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार सो अवधिमा संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण...
मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौं । वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई (सिजनल वर्कर) को रूपमा बेलायत, दक्षिण कोरिया, क्यानडा लगायतका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ । यसअघि व्यक्तिगत...
कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । समितिले...










