मकवानपुरका युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार अवैध चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ बासपानी बस्ने २० वर्षीय सन्तोष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मगरलाई ईलाका प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक प्रमे शंकर प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले भक्तपुर कमल विनायकबाट बा ५३ प ७५९७ नम्वरको अपाचे मोटरसाइकलमा सावर व्यक्तिले चाँदी चोरी गरी फरार भएको भनि हुलियासहित जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको थियो ।
खोजतलास गर्ने क्रममा शनिबार मगरको घरमा उक्त नम्वरको मोटरसाइकल देखेपछि सोधपुछ गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा निजको घरमा अन्दाजी ९५ तोला चाँदी बरामद भएको र स्रोत खुलाउन नसकेको कारण आवश्यक अनुसन्धानको लागि बरामद मोटरसाइकल र चाँदीसहित उनलाई पक्राउ गरिएको जनाएको छ ।