जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन

तु खबर संवाददाता
२०७९ पुष ९, शनिबार १५:१२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ ।

सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार, संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको र त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।

जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन् ।