बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

तु खबर संवाददाता
२०७९ पुष १०, आईतवार ०९:०७

काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आर्इतबार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।

बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् ।