कांग्रेसद्वारा सरकार गठनका लागि हस्ताक्षर संकलन

तु खबर संवाददाता
२०७९ पुष ९, शनिबार १३:३९

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो ।

सांसदहरूको औपचारिक बैठक आज बालुवाटारमा बस्दैछ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार, बाँकी रहेका सांसदहरूले आजको बैठकका हस्ताक्षर गर्नेछन् ।

स्रोतका कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको हो ।